नियम
अनुमतिपत्रको नवीकरण र दस्तुर

(१) अनुमतिपत्र प्राप्त संस्थाले ऐनको दफा ९ को उपदफा (१) बमोजिम तोकिएको अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा पैंतीस दिन अगावै अनुमतिपत्र नवीकरणको लागि नियम ३ को उपनियम (१) बमोजिम तोकिएको दस्तुरको पचास प्रतिशत रकम संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा अनुमतिपत्र नवीकरणको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि सम्बन्धित स्वास्थ्य संस्थाले अनुसूची–३ मा उल्लेख भए बमोजिमको भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सेवा तथा सुविधाहरू नियमित रुपमा बन्दोबस्त गर्दै आएको र ऐनको दफा २९ बमोजिम समय–समयमा दिएको आदेश तथा निर्देशनहरू पालना गरेको पाईएमा समितिले त्यस्तो स्वास्थ्य संस्थाले पाएको मृगौला प्रत्यारोपण सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण गरी अनुसूची–१० बमोजिमको ढाँचाको प्रमाणपत्र दिनेछ ।